कोरोना संक्रमणबाट काभ्रेमा एकैदिन ६ जनाकाे मृत्यु
२१ वैशाख, काभ्रे । कोरोना संक्रमणबाट काभ्रेमा एकैदिन ६ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मंगलबार बनेपाका २, मण्डनदेउपुरका १, पनौतीका १ र भक्तपुरका २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाएको छ ।
बनेपा घर भएकी ६२ वर्षीया महिलाका बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मण्डनदेउपुरका ८७ वर्षीय पुरुषको पनि सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । यस्तै बनेपाका ४० वर्षीय एकजना व्यवसायी अक्समात ढलेपछि अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार निधन भएको थियो । मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै उपचारको लागि धुलिखेल अस्पतालमा रहेका भक्तपुरका ६२ वर्षीया महिला र भक्तपुरकै ६७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छो । कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
प्रकाशित मिति : May 4, 2021 at 4:00 pm



