९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थपियाे

२१ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरिएकाे छ  । काठमाडाैँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेकाे बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई कडाइ गर्न काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने जानकारी दिनुभयाे ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ ।  प्रमुख जिल्ला अधिकारी पराजुलीले  यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने  बताउनुभयाे । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ भने बेलुका पूर्ण रुपमा बन्द गरिनेछ ।

पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

प्रकाशित मिति : May 4, 2021 at 3:17 pm