९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

भीम रावलको गृह जिल्लामा दरबन्दीको डाक्टर शून्य, ११ सांसद कसैले पहल गरेनन्

२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका निलम्बित नेता डा भीमबहादुर रावलको गृह जिल्ला अछामको जिल्ला अस्पतालमा एक जना पनि दरबन्दीको डाक्टर नरहेको त्यहाँबाट पत्रकार शिवराज ढुंगानाले जानकारी दिनुभएको छ । चुनाव जित्नका लागि अछामको भूगोलमा जाने तर चुनाव जितेपछि जनताका आवश्यकताको बारेमा र जनसरोकारका बारेमा कुनै चासो नदिएपछि उहाँ पछिल्लो समय आलोचित बन्नुभएको छ ।

एमसीसीको बारेमा सर्वसाधारण जनतासम्मलाइ पढाउन सफल हुनुभएका रावल जिल्लाको हरेका खालको विकासमा भने पछि परेका छन । राष्ट्रिय राजनीतिमा ठूलाठूला गफ दिने तर गृह जिल्लाको जिल्ला अस्पतालमा एक जना पनि दरबन्दीको डाक्टर नहुँदा त्यसको व्यवस्थापनमा चासो नदिएपछि उनको वास्तविक छर्लङ्गै भएको छ । डाक्टर समेत नभएपछि भेन्टिलेटर आइसियुको कल्पना अछामका नागरिकका लागि झन टाढाको विषय बनेको छ ।

अछामबाट हाल ११ जना सांसद छन् ती कसैले पनि जिल्लाको बारेमा चासो लिएका छैनन् ।

प्रकाशित मिति : May 4, 2021 at 2:56 pm