९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

प्रचण्डका भतिज महेश दाहालको राजदूत पद चट, अष्ट्रेलियाबाट सरकारले फिर्ता बोलायो

२१ वैशाख, काठमाडौँ । नेकपा मओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डका भतिज अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहालको राजदूत पद चट भएको छ । सरकारले दाहाललाइ फिर्ता बोलाउने निर्णय गरेसँगै उनको पद गुमेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागी मार्फत पाएको बताएका छन । गत वर्ष जेठ २५ गते सरकारले  दाहाललाइ राजदूत सिफारिस गरेको थियो ।

प्रकाशित मिति : May 4, 2021 at 2:31 pm