९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

दैनिक उपभोग्य वस्तु ३ महिनाको लागि स्टक छः वाणिज्य विभाग

२१ वैशाख, काठमाडाैँ । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो । उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताउनु भयो । मंगलबार संचारकर्मिहरूसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद नगर्न पनि आग्रह गर्नुभयो ।

खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’ दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेले बताउनुभयो । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’

उहाँले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौंसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘बजारमा दुई, तिन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केहीपनि छैन । चिनीको मुल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपुर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पुरा गर्न लागे । मास्क, सेनिटाइजरमा कालोबजारी छ ।

त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ । उपभोक्ता आतंकित छन् । आतंकबाट रोक्नुपर्छ ।’ यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।

 

प्रकाशित मिति : May 4, 2021 at 1:09 pm