९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक, एकै दिन ३७ जनाले ज्यान गुमाए

२० वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो ।

अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

प्रकाशित मिति : May 3, 2021 at 8:47 pm