९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बागमती प्रदेशभित्र सवारीको नविकरण र राजश्व भुक्तानी अनलाइनबाट गर्न सकिने

२० वैशाख, हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार अपराह्नमा बसेको बैठकले प्रदेशको यातायात सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने र राजश्व भुक्तानी गर्ने सम्बन्धी नियमावली २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नियमावली २०७८ लाई स्वीकृती गरेको आन्तरिक मामिल तथा कानुनमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।

यसले नागरिक एपको प्रयोगका लागि सरिलीकृत गरेको छ । अब नागरिक एपको प्रयोगले समय र श्रम दुबैको बचत गराउन मद्दत पुग्नेछ । यस निर्णयले यातायताको भ्रष्टाचार नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नेछ । यस निर्णयले अब यातायात कार्यलयमा हुने अत्याधिक घुसपैठ र भ्रष्टाचार को अन्त्य हुनेछ ।

यसैगरी उक्त बैठकले भीआरसीअन्तर्गत ट्रान्स्पोट विकाससम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गर्ने निर्णय गरिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापना गर्नुको साथै आइसोलेसन कक्षहरु स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वय गर्ने निर्णय गरेको

बैठकले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : May 3, 2021 at 8:32 pm