झापाको बायोग्यास कोइला उद्योगमा भीषण आगोलागी, हेर्नुहोस् पाँच तस्बिर
२० वैशाख, झापा । झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : May 3, 2021 at 2:05 pm



