९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडाैँका पाँच स्थानामा युवा संघको हेल्प डेस्क, राजनीतिलाई मानवीय सेवामा जोड्दै

२० वैशाख, काठमाडाैँ । सत्तारूढ दल नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवासंघले राजनीतिलाई मानवीय सेवामा जोड्न सुरू गरेको छ । राजनीतिलाई समाजसेवामा जोड्दै आएको संघले अहिले मानवीय सेवामा पनि जोड्न थालेको हो । कोरोना भाइरसका संक्रमित ह्वात्तै बढीरहेको र काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएको अवस्थामा बाटोमा हिड्ने नागरिकलाई सेवा दिन संघले उपत्यकाको पाँच स्थानामा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

संघले काठमाडौँको गोंगबु, नयाँबानेश्वर, कलंकी र कोटेश्वर एवं भक्तपुर गरी पाँच स्थानमा हेल्प डेस्क सञ्चालन गरिरहेको युवा संघका नेता बाबु छतकुलीले जानकारी दिनुभयो । संघका पुष्पराज श्रेष्ठको नेतृत्वमा कोटेश्वरमा सञ्चालित हेल्प डेस्कटमा सोमबार संघका अध्यक्ष बचनबहादुर सिंहसहितको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

हेल्प डेस्कमा चाहिने माक्स, सेनिटाइजर, ग्लोब्स, खानेपानी लगायत हस्तान्तरण गरिएको नेता छतकुलीले जानकारी दिनुभयो । सो अवसरमा संघका सह(अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य लगायत सहभागी हुनुभएको थियो । संघलले काठमाडौँ उपतयकाको नागढुङ्गा, स्वयम्भू, चावहिल, बौद्व, ठमेल, जगाती, लगनखेल, मंगलबजार लगायतका ठाउँमा हेल्प डेस्क विस्तार गर्ने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 3, 2021 at 1:13 pm