धादिङमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा
१९ वैशाख, धादिङ । धादिङमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ । कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २०० नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन (डीसीसीएमसी) केन्द्रको आइतवारको निर्णयअनुसार निषेधाज्ञा लगाउने निर्णय गरेकाे हाे ।
वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : May 2, 2021 at 7:28 pm



