पर्यटनमन्त्री भानु भक्त ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण
१९ वैशाख, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री माननीय भानु भक्त ढकाल ज्यू र उहाँको धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य इन्दिरा फूयाँल दुबै जनामा कोभिड पोजेटिभ देखिएको छ । मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत उहाँहरू दुबैमा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको छ ।
उहाँहरू दुबै जनाको आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो । हाल उहाँहरू निवासमै आइसोलेसनमा रहनुभएको छ ।

प्रकाशित मिति : May 2, 2021 at 5:20 pm



