काठमाडाैँ उपत्यकामा थपिए ३५९५ जना काेराेना संक्रमित
१९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ७२११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : May 2, 2021 at 4:42 pm



