९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै काेराेना सङ्क्रमति थपिए, १९ जनाकाे मृत्यु

१८ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै ४०१ जना आइसियुमा उपचाररत थगन ११० जना भेन्टिलेटरान छन् । आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् ।

प्रकाशित मिति : May 1, 2021 at 6:43 pm