काठमाडौँ उपत्यकामा मात्रै थपिए १९६६ कोरोना संक्रमित
१४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १६०२ जना, भक्तपुरमा १२४ जना र ललितपुरमा २४० जनामा गरी कुल १९६६ जनाकाेराेना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
प्रकाशित मिति : April 27, 2021 at 5:30 pm



