९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि, उपचारका लागि अस्पताल भर्ना

१४ वैशाख, काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो । रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनकाे सचिवालयले जनाएको छ।

लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

 

प्रकाशित मिति : April 27, 2021 at 12:23 pm