९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार कास्कीका २ जना र स्याङ्जा १ जना र म्याग्दीका १ जना काेराेनासंक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङजाकाे वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष, म्याग्दीका ७८ वर्षका पुरुष, कास्कीका ९१ वर्षीय पुरुष र कास्कीकै ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  २१५ जना पुगेको छ।

फाइल फाेटाे

प्रकाशित मिति : April 26, 2021 at 2:55 pm