काठमाडौँ उपत्यकामा निषेधाज्ञा, अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने
१३ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ। बैठकले उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसल बाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने एक प्रमुख जिल्ला अधिकारीले बताए ।
वैशाख १६ गतेदेखि निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी भएकाे छ ।
प्रकाशित मिति : April 26, 2021 at 2:25 pm



