उपत्यकाका तीन सिडिओ र सुरक्षा निकायबीच छलफल जारी, हाेला त निषेधाज्ञा ?
१३ वैशाख, काठमाडौँ । उपत्यकामा कोरोना संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय बीच अहिले छलफल जारी रहेकाे छ । काठमाडौँ जिल्ला प्रशासनको कार्यालयमा जारी बैठकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज छलफलमा भइरहेकाे हो । यसअघि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले ५०० भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो । उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ५०० भन्दा बढी छ ।
प्रकाशित मिति : April 26, 2021 at 11:43 am



