९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

बुटवलमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

१२ वैशाख, काठमाडाैँ । रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुईजना बालिकाको मृत्यु भएको छ। कोटिहवामा ​भएकाे उक्त दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिँदा तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : April 25, 2021 at 5:45 pm