प्रधानमन्त्री ओली र रअ प्रमुखको हस्ताक्षर कीर्ते गर्ने समूहका दुई व्यक्ति पक्राउ
१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रअ प्रमुख सामन्त गोयलबीच चार बुँदे ११ गोप्य सहमति भएको भन्दै हस्ताक्षर कीर्ते गर्ने समूहका दुई व्यक्ति पक्राउ परेका छन । अनिश तामाङ र प्रभात लामा नाम गरेका दुई व्यक्ति परेको प्रहरीले जनाएको छ ।
उनीहरू माथि प्रधानमन्त्री ओली र रअ प्रमुखको हस्ताक्षर कीर्ते गरी विद्युतिय माध्यम मार्फत भ्रमपूर्ण प्रचार गरेको अभियोग लगाइएको छ । उनीहरूले नेकपा माओवादी केन्द्रका केही नेताको योजनामा सरकारको बद्नाम गराउने अभिप्रायले त्यसको प्रकारणको कीर्ते काम गरेका थिए । उनीहरूलाई पक्राउ पुर्जी दिएर नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : April 25, 2021 at 5:55 pm



