९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काेराेना संक्रमणका कारण थप २८ जनाको मृत्यु

१२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३१६४ पुगेकाे छ ।  पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९२९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३०३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौँमा १ हजार १३२ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : April 25, 2021 at 5:01 pm