९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडाैँ उपत्यकामा मात्रै १४९८ थपिए

१२ वैशाख, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९२९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३०३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौँमा १ हजार १३२ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : April 25, 2021 at 4:44 pm