उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द गर्ने निर्णय
१२ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले सोमबारदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो । कार्यालयमा कार्यरत केही कर्मचारी काेराेना संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : April 25, 2021 at 4:08 pm



