मास्क प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन नगर्न सञ्चारकर्मीलाई सरकारको आग्रह
१२ वैशाख, काठमाडौँ । सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन/ प्रसारण नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै काेराेना संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा समाचर पढ्दा अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्ककाे प्रयोग नगर्ने व्यक्तिको समाचार सुचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न प्रकाशन / प्रशारण नगरिदिनुहुन स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ।’यो महामारीसँग जुध्नका लागि सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुले निर्वाह गरिरहेको सक्रियता तथा भूमिकाप्रति मन्त्रालयले आभार प्रकट गरेको छ। समाजका अगुवाहरुको क्रियाकलापलाई सबैले अनुशरणसमेत गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन तथा सार्वजनिक समारोह र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नभइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : April 25, 2021 at 2:53 pm



