सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने
६ वैशाख, काठमाडौँ। सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले जारी गरेको कोरोना महामारी नियन्त्रण तथा रोकथाम आदेशमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँ जम्मा हुन रोक लगाएको हो।
आदेशअनुसार यो वैशाख महिनाभरी पार्टी प्यालेस बन्द हुनेछन्। विवाह, ब्रतबन्ध र मलामीजस्ता कार्यमा बढीमा २५ जनाभन्दा बढी सहभागीका लागि रोक लगाएको छ।
प्रकाशित मिति : April 19, 2021 at 2:32 pm



