नुवाकोटको तारकेश्वरमा व्यक्तिगत लगानीमा कृषि सडक निर्माण सुरू
५ वैशाख, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा व्यक्तिगत लगानीमा कृषि सडक निर्माण हुनेभएको छ । उक्त सडकको आइतबार सडक निर्माणमा लगानी गर्ने तारकेश्वर गाउँपालिकाका स्थानीय समेत रहेका नेपाली कांग्रेसका नेता शिव अधिकारी अविरलले बाटोको शिलान्यास गर्नुभएको छ ।

उक्त कृषि सडकले तारूकादेखि बुधसिंहसम्म जोड्ने उहाँले जानकारी दिनुभएको छ । तारकेश्वर गाउँपालिका वडा नं। ३ हटियाको डाँडाबारीदेखि वडा नं। ४ बुधसिंहको तिसमुरे हुँदै छापगाउँ जोड्ने कृषि मोटर बाटोले सयौँ स्थानीयलाइ ठूलो राहत मिल्नेछ ।
प्रकाशित मिति : April 18, 2021 at 8:47 pm



