रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि
५ वैशाख, काठमाडाैँ । रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा २२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो। तीन दिनअघि एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो।

शनिबार १५ जनाको काेराेना परीक्षण गर्दा शिक्षकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। संक्रमित शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिइएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए।
प्रकाशित मिति : April 18, 2021 at 6:00 pm



