दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, २८ यात्रु घाइते
५ वैशाख, नवलपुर । नवलपुरको दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो, चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहनुभएको छ ।
वुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयाे ।
दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जानकारी जानकारी दिनुभयाे ।
प्रकाशित मिति : April 18, 2021 at 8:37 am



