१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

थप ९०० जनामा काेराेना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

३ वैशाख, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : April 16, 2021 at 5:43 pm