थप ४९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाकाे मृत्यु
२ वैशाख, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।

यसैगरी २४ घण्टामा १५७ जना काेराेना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ ।
प्रकाशित मिति : April 15, 2021 at 5:10 pm



