अब अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, घुस माग्नेहरूको अर्को एउटा बाटो बन्द
२ वैशाख, काठमाडाैँ । डिजिटल नेपालको अबधारणले विस्तारै साकार रूप ग्रहण गरिरहेको छ । सेवाग्राहीले पाउने सेवा क्रमश डिजिटल बनाइरहेको सरकारले अब घर जग्गाको नक्सा पनि अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ ।
सरकारले पहिलो चरणमा आजदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने सेवा सुरू गरेको छ । यसले गर्दा नक्सा प्रिन्ट गर्दा समेत लामो लाइन बस्नुपर्ने र कर्मचारीलाइ घुस खुवाएर छिटो काम गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

देशभरका १२६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको छ ।
नक्सा, प्लट रजिष्टर, फिल्ड रेखाङ्कन निवेदनलगायत सेवा अनलाइनबाटै पाइने प्रणाली ‘मेरो कित्ता’ को आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रकाशित मिति : April 15, 2021 at 8:21 am



