१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

स्वर्गद्वारी जीप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

१ वैशाख, प्युठान । नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन्।

गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको हाे । गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु. १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका- ३ रूमालेमा दुर्घटना भएको हो।

जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, ४ वर्षीय निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ १२ वर्षीय अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।

प्रकाशित मिति : April 14, 2021 at 3:28 pm