गुल्मीबाट प्युठानकाे स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
१ बैशाख, काठमाडाैँ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए। मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जीपमा सवार १२ जनालाई उद्धार गरी उपचारकाे लागि पठाइएको छ ।
प्रकाशित मिति : April 14, 2021 at 1:20 pm



