सरकार सकेसम्म लकडाउन गर्न चाहँदैनः प्रधानमन्त्री ओली
१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताउनुभएकाे छ । उहाँले आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको समेत बताउनुभयाे । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

भन्नुभयाे, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्र भनको हुँ ।’
प्रकाशित मिति : April 14, 2021 at 8:48 am



