१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

संक्रमित बढेसँगै नाका निरीक्षणका लागि काठमाडौँका सीडीओ नागढुंगामा

३१ चैत, काठमाडाैँ ।  कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नागढुंगा नाकामा निरीक्षण गरेको छ ।  काठमाडाैँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले नाकाको निरीक्षण गर्नुभएकाे छ ।  नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयाे ।

निरीक्षणका क्रममा नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएकोबारे समेत जाँच गर्न निर्देशन दिएको उहाँले बताउनुभयाे ।  हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ ।

प्रकाशित मिति : April 13, 2021 at 4:15 pm