१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रमुख सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

३१ चैत, काठमाडाैँ । काठमाडाैँ उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकासहित ठूला शहरका विद्यालयहरु १ महिना बन्द गर्न सिफारिस गरेको हो । यस अवधिमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्न मन्त्रालयले सुझाव दिएको छ ।

विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन। पछिल्लोसमय कोरोना भारइसको नयाँ भ्यारियन्ट फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

नयाँ भ्यारियन्ट एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको हो।

प्रकाशित मिति : April 13, 2021 at 2:54 pm