१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एउटै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण, विद्यालय बन्द

३१ चैत, रुपन्देही । एउटै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएकाे छ । बुटवलस्थित कालिका मानवज्ञान माविमा प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको हाे । रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो विद्यालयमा आफुसहित शिक्षकहरु कोरोना संक्रमणमा परेपछि विद्यार्थीलाई संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताउनुभयो ।

प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परिक्षा संचालन भैरहेका कारण थप तीनदिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत संचालन गर्ने निर्णय भएको छ । यता रुपन्देही लगाएतका बिभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयहरुमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ । उता निजी विद्यालयको छाता संस्था प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेश गर्दै आएको छ । केही दिनयता विद्यालयस्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : April 13, 2021 at 1:35 pm