सिंगटीमा जिप दुर्घटना चार जनाको मृत्यु, १७ जना घाइते
३१ चैत, चरिकोट । दोलखाको सिंगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटीमा बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राति भीरमाट खसेको हो ।

दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारीका अनुसार दुर्घटनामा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापाको मृत्यु भएको छ । उहाँका अनुसार घाइतेहरूको चरिकोट अस्पताल र धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति : April 13, 2021 at 8:42 am



