१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सिन्धुपाल्चोकमा सवारी दुर्घटना एक जनको मृत्यु, दुई जना गम्भीर घाइते

३० चैत, सिन्धुपाल्चोक । अरनीको राजमार्गको सिन्धुपाल्चोकको सुकुटे खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यात्रुबहाक बसले बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाइ सडक भन्दा बाहिर गएर ठक्कर दिएको छ । ठक्करबाट एक जनको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन । बस चालकले नियोजित रूपमै बस छेउतर्फ लगेर मोटरसाइकललाइ ठक्कर दिएको भन्दै स्थानीयले अहिले बाटो बन्द गरेर प्रदर्शन गरिरहेका छन ।

प्रहरीका अनुसार काठमाडौ बाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ नम्बरको बसले खाडिचौर बाट काठमाडौ आउदै जाँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइललाइ ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँ पालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै अर्का व्यक्ति सोमबहादुर श्रेष्ठको र एक बालकको पनि अवस्था गम्भीर रहेको छ । उनीहरूलाइ थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

 

प्रकाशित मिति : April 12, 2021 at 1:08 pm