मन्त्रिपरिषद बैठक बस्दै, कोरोना नियन्त्रणका विषयमा के होला निर्णय ?
३० चैत्र , काठमाडाैँ । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको हो । नयाँ प्रजातिको कोराेना संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुनेछ । मन्त्रिपरिषद्को बैठकमा सीसीएमसीले पेश गरेको ११ बुँदे सुझावमा छलफल हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीले काठमाडौँलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।
प्रकाशित मिति : April 12, 2021 at 12:48 pm



