पैसा, टेन्ट र कपडा बोकेर मुख्यमन्त्री राई भोजपुरको आगलागीपीडितको बस्तीमा
२९ चैत, काठमाडाैँ । गत चैत १२ गते भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा नं ८ पात्लेपानीको खुकैला भन्ने ठाउँमा भएको आगलागीबस्तीमा पुगेर आज मुख्यमन्त्री शेरधन राईले पीडित परिवारको अवस्थाबारे बुझ्नु भएकोछ । साथै उहाँले आगलागी पीडित परिवारलाई प्रति परिवार रू ५० हजार नगद, बस्ने टेन्ट, कपडा र आवश्यक खाद्यान्न समेत उपलब्ध गराउनु भएको छ । पीडित परिवारलाई स्थानीय समाजसेवी जीवन खाहोङ राई नेतृत्वको टोलीले उपलब्ध गराएको कर्कटपाता समेत हस्तान्तरण गर्नु भएको छ ।

प्रकाशित मिति : April 11, 2021 at 2:19 pm



