२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

गोंगबुको गेष्ट हाउसमा पुरूष मृत फेला

२९ चैत, काठमाडाैँ । काठमाडौँको गोंगबुस्थित गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ। शनिबार गोंगबुको गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले  बताए ।

फाइल तस्वीर

शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको बस्नेतले जानकारी दिए।  गेष्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको छ । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 11, 2021 at 12:48 pm