इस्लामिक गणतन्त्र इरानकाे गैरआवासीय राजदूतमा तापस अधिकारी नियुक्त
२७ चैत, काठमाडाैँ । तापस अधिकारी इस्लामिक गणतन्त्र इरानका लागि गैरआवासीय राजदूत नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानका लागि नेपालको आवासीय राजदुत समेत रहनुभएका अधिकारीलाई इस्लामिक गणतन्त्र इरानका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम अधिकारीलाई नियुक्त गर्नुभएको हो ।


प्रकाशित मिति : April 9, 2021 at 4:20 pm



