१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कोरोना कहर : विद्यालय, पार्टी प्यालेस र फिल्म हल बन्द गर्न सिफारिस

२७ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ । कोरोना भाइरस महामारीकाे दोस्रो लहर आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको जनाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताउनुभएकाे छ ।

उहाँले नयाँ खाले कोरोना भाइरस संक्रमणकाे असर युवाहरुमा देखिएकाले पठनपाठन भर्चुअल माध्यमबाट गर्न र विद्यालयहरु बन्द गर्न सिफारिस गरेकाे जानकारी दिनुभयाे । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबारमात्रै नेपालमा ३३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : April 9, 2021 at 11:46 am