१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

डढेलो नियन्त्रणमा सबै क्रियाशील हुन राष्ट्रपति भण्डारीकाे अपिल

२६ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधि, विज्ञ र प्रकृतिप्रेमीहरूलाई डढेलो नियन्त्रणमा क्रियाशील हुन अपिल गर्नुभएकाे छ । बिहीवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले प्रदुषणको कारण बनेको डढेलो न्यूनीकरणका लागि सबैलाई अपिल गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले लेख्नुभएकाे छ, ‘जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धूलोधूवाँ आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय हो। डढेलो नियन्त्रण गर्दै वायु प्रदुषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जन प्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु,’ ।

प्रकाशित मिति : April 8, 2021 at 5:10 pm