अमेरिकाकाे टेक्ससमा एक नेपालीको गोली हानी हत्या
२६ चैत, काठमाडाैँ । अमेरिकी सहर टेक्ससमा गोली हानी एक नेपाली नागरिककाे गाेली हानी गरिएकाे छ । उक्त घटनामा टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको हाे । अस्टिन प्रहरी विभागका अनुसार मध्यरातमा त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो । प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ ।

थापा ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ ।
प्रकाशित मिति : April 8, 2021 at 1:24 pm



