पछिल्लो २४ घण्टामा थपिए २६० कोरोना संक्रमित
२४ चैत, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २४३ जनाको परीक्षण गर्दा थप २६० मा काेराेना संक्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ३६ जनाको निधन भएको छ ।
प्रकाशित मिति : April 6, 2021 at 5:10 pm



