काठमाडौँ उपत्यकाका ९९ सहित १७६ जनामा कोरोना संक्रमण पुष्टि
२२ चैत, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३४५६ मा पिसिआर परिक्षण गर्दा थप १७६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ।योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७ जना निको भएर फर्किएका छन्। योसहित कोरोना निको हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ।
प्रकाशित मिति : April 4, 2021 at 4:52 pm



