प्रधानमन्त्री कार्यालय बसेको भवनमा गृहमन्त्रालय सर्दै
२० चैत, काठमाडाैँ । आगामी वैशाख १ गतेदेखि गृहमन्त्रालय प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार निरीक्षण गगर्नुभएकाे छ । वि.सं. २०७२ वैशाख १२ को भूकम्पले केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको काम कारवाही हुँदै आएको थियो । कार्यालय भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि त्यो भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो । गृहमन्त्रालयको भवन मर्मत सम्भार गर्नुपर्ने भएकाले मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय बसेको भवनमा सार्न लागिएको हो ।
प्रकाशित मिति : April 2, 2021 at 2:32 pm



