१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

२० चैत, काठमाडाैँ । विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त हुनुभएकाे छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हुमागाईंलाई चार वर्षका लागि विज्ञान प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईं खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त हुनुभएकाे हाे। प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् । अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले पूर्णता पाएको छ । क्लिन फिड लागू गर्ने तथा विज्ञापनको समानुपातिक वितरण गर्ने लगायतका काम प्राधिकरणको जिम्मेवारी हुन् ।

प्रकाशित मिति : April 2, 2021 at 12:24 pm